लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिँदा बेपत्ता भएकाको शव भेटिएको हो ।
पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव बुधबार भेटिएको स्थानीय चित्र घलेले जानकारी दिएका छन् ।
Post Views: 69