लमजुङ प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित

Share this post :

Facebook
Twitter
WhatsApp

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । नेकपा माओवादीका देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पछाडि पार्दै गुरुङ निर्वाचित भएका हुन् । निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङले ३१ हजार ७ सय ८१ मत पाएका छन् । कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ ।
देवप्रसाद अघिल्लो निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार थिए । लमजुङवाट प्रतिनिधिसभा सदस्य भएका उनी हाल माओवादी केन्द्रका महासचिव हुन् ।
२०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा लमजुङ प्रदेशसभा निर्वाचन २ बाट विजयी गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *