लागूऔषधसहित दुई जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की प्रहरीले विहीवार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–१७ तितेपानी बस्ने २३ वर्षका मनिल बुढा मगर र पोखरा–६शान्तिपाटन बस्ने ४० वर्षका गोपाल गर्बुजा पुनलाई पक्राउ गरेको हो ।

मनिलको घरबाट प्रहरीले डाईजापाम १० एम्पुल, फेनेरागन १० एम्पुल र नुर्फिन १२ एम्पुल गरी ३२ एम्पुल लागूऔषधसहित पक्राउ गरेको थियो भने, सोही गोपाललाई डाईजापाम ४ एम्पुल, फेनेरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी १२ एम्पुल लागूऔषधसहित पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा शुक्रबार लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *