लागूऔषधसहित पोखरामा ४ जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

लागूऔषधसहित कास्की प्रहरीले विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने १९ वर्षिय आशिष थापा मगर र सोही ठाउँमा बस्ने २० वर्षिय पूर्ण तामाङ रहेका छन् । मंगलबार पोखरा महानगरपालिका–१४ नयाँपुलस्थित पक्राउ परेका मगर र तामाङको साथबाट प्रहरीले लागूऔषध गाँजा १ किलो ५ सय ग्राम बरामद गरेको थियो ।

यस्तै मंगलबार नै पोखरा–४ कोईरालामार्गस्थित सर्लाही घर भई हाल कोइरालामार्ग बस्ने ३५ वर्षिय विरु परियार र पर्वतको जलजला गाउँपालिका–९ का २६वर्षिय विनोद पुन पक्राउ परेका छन् । उनीहरुको साथबाट लागूऔषध गाँजा १ किलो ४ सय ८० ग्राम बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीबाट बुधबार लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी १५ दिनको म्याद थप गरिएको प्रहरीले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *