लागूऔषधसहित बालक पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

लागूऔषधसहित कास्की प्रहरीले आइतबार बालकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गननगौडाबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पक्राउ गरेको थियो । सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार बारा सिम्रौनगढ नगरपालिका–८ का १७ वर्षिय बालकको साथबाट लागूऔषध डाईजापाम ८० एम्पुल, फेनारगन ७२ एम्पुल र नुर्फिन ७७ एम्पुल गरी २२९ एम्पुल, नाईट्रोभ्याट ५७० चक्की लागूऔषध र नगद एक हजार साथै एउटा मोवाइलसमेत बरामद गरेको कास्की प्रहरीले जनाएको छ । बालकलाई जिल्ला अदालत कास्कीबाट सोमबार लागूऔषध सम्बन्धि मुद्दा दर्ता गरी चार दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *