पोखरामा लागूऔषधसहित विदेशी नागरिक पक्राउ परेका छन् । शुक्रबार दिउँसो १ बजे पोखरा महानगरपालिका–१४ चाउथेस्थित पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अवैध लागूऔषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नर्वे देशका नागरिक ५३ वर्षिय RUNE FLATHA रहेका छन् । उनको साथबाट लागूऔषध पोल्यान जस्तो देखिने पदार्थ १० ग्राम र लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३५ ग्राम बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका विदेशी नागरिकलाई सोही दिनै कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
Post Views: 20