लागूऔषध मुद्दामा सात महिनादेखि फरार रहेको प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका–८ घर भई हाल पोखरा महानगरपालिका–११ काहुँडाँडा बस्ने २८ वर्षिय जसबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत कास्कीले गत कार्तिक २३ गते गुरुङलाई लागूऔषध मुद्दामा एक वर्ष ११ महिना १९ दिन कैद सजाय र एक लाख दुई हजार रुपैयाँ जरिवाना ताकेको थियो भने, चार हजार रुपैयाँ पीडीत राहत कोषमासमेत जरिवाना तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धरले पक्राउ गरेका गुरुङलाई सजाय भुक्तानको लागि शुक्रबार जिल्ला अदालत हाजिर गराई जिल्ला कारागार चलान गरिएको जानकारी दिए ।
Post Views: 67