लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की
पोखरा ममहानगर–९ नागढुङ्गास्थित लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजाको पुतलीबजार नगरपालिका–८ का वर्ष २५ को बिराज हमाल, पुतलीबजार–४ का २६ वर्षिय देवान्स थापा र आँधीखोला गाउँपालिका–३ का २० वर्षिय मनिष पौडेल रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध डाईजापाम ७०एम्पुल, फेनेरागन १२० एम्पुल, नुर्फिन–९५ एम्पुल गरी जम्मा २ सय ८५ एम्पुल र ४ वटा मोवाइल बरामद गरिएको छ । जेठ २५ मा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीमा शुक्रबार लागू औषध सम्बन्धी मुद्दा दर्ता गरि ७ दिनको म्याथ थप गरिएको कास्की प्रहरीले जनाएको छ ।
Post Views: 31