लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

Share this post :

Facebook
Twitter
WhatsApp

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछाने पक्राउ परेको दिन गत शुक्रबारदेखि लागू हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अदालतमा आइतबार बहस गरिएको थियो । बहसमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताद्धय सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *