लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत माग गरेका थिए । जसमा ४८ सांसदको उनको पक्षमा मत दिएका थिए ।
मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । यसैगरी, विपक्षममा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिएका थिए । राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्दछ । चैत २३ मा माओवादी केन्द्रका संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
Post Views: 83