लुम्बिनीमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी आर्थिक वर्षकाे लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वर्गीय कृष्ण सेन (इच्छुक)काे नाममा लुम्बिनी प्रदेशमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने घोषणा गरेका छन् ।

माओवादीको मुखपत्र जनादेश साप्ताहिका सम्पादक एबं प्रगतिवादी साहित्यका कृष्ण सेनको शाही शासनका बेला ०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातनाका कारण मृत्यु भएको थियो । उनको नाममा कृष्ण सेन स्मृति प्रतिष्ठान काठमाडौंमा पहिलनै स्थापना भइसकेको छ ।

अर्थमन्त्रीले संघीय संसद्को संयुक्त सदनलाई सम्बाेधन गर्दै  आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका छन् । सेनको जन्मस्थान लुम्बिनी प्रदेशको राजधानी भालुबाङ नजिक राप्ती नदीको किनारा अर्घाखाँची जलुकेमा पर्छ । सरकारले साेही ठाउँमा नै संचारग्राम स्थापना गर्ने तयारी गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *