लुम्बिनी प्रदेश सरकार विस्तारः ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

Share this post :

Facebook
Twitter
WhatsApp

लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नवनियुक्त सबै मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् । ६ मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले र ४ राज्यमन्त्रीलाई मुख्यमन्त्री केसीले शपथ गराएका थिए । कांग्रेस, माओवादी, जसपाको गठबन्धनबाट गत साउन २८ मा ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।
लुम्बिनीमा कांग्रेसका ४ मन्त्री र २ राज्यमन्त्री, माओवादीको मुख्यमन्त्रीसहित ४ मन्त्री र २ राज्यमन्त्री, जसपाका ३ मन्त्री, नेकपा (एकीकृत समाजवादी) का एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *