लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

Share this post :

Facebook
Twitter
WhatsApp

अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले लुम्बिनी विकास कोषका योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलाशले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भट्टराईलाई सजाय तोक्नका लागि बेग्लै सुनुवाइ हुनेछ । सजाय निर्धारणका लागि जेठ ३१ गते पेसी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद हुने अपराधमा अदालतले कसुर ठहर गरेपछि सजाय निर्धारणका लागि बेग्लै सुनुवाइ गर्छ । कोषको वरिष्ठ इन्जिनियर पदका कर्मचारी भए पनि भट्टराई विगत ७ वर्षदेखि योजना प्रमुखको नियुक्ति लिई काम गरिरहेका थिए ।

इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारले देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *