लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोगको निर्देशन

Share this post :

Facebook
Twitter
WhatsApp

राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजानिक गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजानिक नभएको हुँदा आयोगले एक साताभित्र प्रतिवेदन सार्वजानिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको हो ।

कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई निर्देशन गरिएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

जसअनुसार आयोगमा ८२ दलले त्यस्तो विवरण अद्यावधिक गराएका छन् । आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई त्यस्तो प्रतिवेदन पेस नगर्नुको कारण सोधेको छ । त्यस्तै, लेखा परीक्षण प्रतिवेदन समयमा पेस नगर्ने दलहरूलाई पनि आयोगले ढिला हुनुका कारणबारे पत्राचार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *