वर्ष उत्कृष्ट खेलाडी करण र सावित्रा

Share this post :

Facebook
Twitter
WhatsApp

क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारी वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिवार आयोजित सातौ पोखरा स्र्पोटस अवार्ड २०७९ मा पुरुषतर्फ क्रिकेटका अलराउण्डर करण र महिलातर्फ फुटबलकी फरवार्ड बर्ष खेलाडी बने । उनीहरुले स्कुटरसहित अवार्ड हात पारेका छन् ।

यस विधामा केसीसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका थिए् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ भण्डारीसँगै आर्चरीकी रोजीना थापा मगर, र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर परेका थिए ।

अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सवोत्कृष्ट ठहरिए । यो विधामा भण्डारीसँगै भलिवलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारें । यो विधामा गुरुङसँगै लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारें ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरें । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकालाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो । यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरियो ।

मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिएको हो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरियो । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई दिइयो । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी हात पारें ।

यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरियो । पोखरा सभागृह हलमा आयोजना भएको अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती, भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत रहेको थियो । शनिवार सात वटा विधामा अवार्ड वितरण गरिएको थियो । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रको आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *