नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले मंगलबार नयाँ पार्टी घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।
भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबबाट नयाँ दलको घोषणा गरिएको हो । जसमा ६९ सदस्य रहेका छन् । सचिवमा डिबी कार्की रहेका छन् । एकता राष्ट्रिय अभियान प्रचार संयोजक निमकान्त पाण्डे रहेका छन् । समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको पाण्डेले जानकारी दिए ।
उक्त दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्य रहेका छन् । नेता गौतमले यसअघि नै नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गरेका थिए ।
तत्कालीन नेकपा विघटन भएपछि गौतम नेकपा एमालेमा आवद्ध थिए । एमालेबाट राजीनामा दिएर गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । सोही अभियानको विस्तारित रुपमा हाल पार्टी घोषणा भएको गौतमका स्वकीय सचिव दीपक टमाटाले जानकारी दिए ।
