वालिङमा क्षयरोग मुक्त नेपाल घोषणा अभियानको थालनी

Share this post :

Facebook
Twitter
WhatsApp

‘क्षयरोग अन्त्यकालागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराकासाथ क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत स्थानीय समितिको अभिमुखीकरण कार्यक्रम आज वालिङमा गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख कल्पना तिवारीले यस अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरिन् । उनले नियमितरुपमा औषधि सेवन गरेको खण्डमा समयमै निको हुने र अरुलाई पनि नसर्ने भएकाले रोग नलुकाउन पनि आग्रह गरेकी थिइन् ।
रोग लुकाएर होईन समयमै रोगको पहिचान गरेर औषधि उपचार गरेमा निको हुने भएकाले विशेष गरी सचेतनामूलक कार्यक्रम सञ्चालनतर्फ जोड दिनुपर्ने उनले बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले क्षयरोग मुक्त नेपाल घोषणा राष्ट्रिय अभियान भएको र यसलाई स्थानीय सरकारले अवलम्बन गर्दै घर घरमा पुगेर रोगको पहिचान गरी निदान गर्नतर्फ अगाडि बढिने बताए । कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले नेपाललाई क्षयरोग मुक्त गर्ने लक्ष्यसहित अगाडि बढिरहेको अवस्थामा वालिङ नगरपालिकामा सञ्चालन हुन लागिरहेको यस अभियानलाई घर घरमै पु¥याईने बताए ।
यसैबीच आज नै वालिङ नगरपालिकाको आयोजनामा टाईफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको शुरुवात पालिकास्तरीय अभिमुखीकरण तथा योजनासम्बन्धी एक अन्तरक्रिया गरिएको थियो । वालिङ नगरपालिकाभित्र १५ महिनादेखि १५ वर्षभन्दा मुनीका झण्डै १५ हजार बालबालिकालाई सामुदायिक तथा संस्थागत विद्यालयमा पुगेर चैत २५ गतेदेखि टाईफाईडको खोप लगाईने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *