वालिङ नगरपालिकाको बजेट सार्वजानिक

Share this post :

Facebook
Twitter
WhatsApp

वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को आयव्यय बजेट विवरण सार्वजानिक गरेको छ । पछिल्लोसमय बजेटबारे विभिन्न टिकाटिप्पणी आईरहेको बेला नपाले बजेट विवरण पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
नगरप्रमख कृष्ण खाँणले वालिङ नगरपालिकाको विकास र समृद्धिको लागि सवै एकजुट हुनुपर्ने, साना मसिना कुराम विवादतर्फ लागियो भने सिँगो नगरपालिका असफल हुने धारणा व्यक्त गर्दै बजारमा आएको हल्ला जस्तो नभइ बजेट विधि र प्रक्रियाबाट आएको उल्लेख गरे । उनले बजेट कार्यान्वयनको लागि जनप्रतिनिधी तथा कर्मचारीलाई निर्देशन दिए ।
आम्दानी शिर्षकमा आन्तरिक र संघियतर्फ ८९ करोड ८४ लाख ६८ हजार ७४१ रहेकोमा आन्तरिक स्रोत तथा विभिन्न शिर्षकको ६ करोड, गत वर्षको अल्या ९ करोड ६६ लाख ९३ हजार २४१, संघिय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, वित्तिय समानीकरण अनुदानमा १५ करोड १० लाख, समपुरक अनुदानतर्फ २ करोड ८५ लख, विषेश अनुदान तथा चालु पुँजीगत १ करोड २० लाख र शर्सत अनुदान चालुतर्फ ४२ करोड ४ लाख ७५ हजार ५ सय रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानमा २ करोड १० लाख २२ हजार, समपुरक अनुदानतर्फ १ करोड, राजस्व बाँडाफाँड सवारी साधानतर्फ १ करोड ५७ लख २६ हजार, राजस्व बाँडफाँड दहत्तर बहत्तरतर्फ ६० लाख, घरजग्गा रजिटे«शन १ करोड, विज्ञापन करबापत १ लाख ९८ हजार गरी कुल ६ करोड २९ लाख ४६ हजार रहेको छ । यसरी आम्दानीतर्फ संघिय, आन्तरिक र प्रदेश गरी कुल ९६ करोड १४ लाख १४ हजार ७४१ रकम रहेको छ ।
तयस्तै खर्चतर्फ संघिय आयोजना तथा कार्यक्रमतर्फ ४६ करोड ९ लाख ७५ हजार ५ सय, प्रदेश सरकार समानीकरण अनुदानतर्फ २ करोड १० लाख २२ हजार, बजेट उप शीर्षक वित्तिय समानीकरण अनुदानतर्फ १५ करोड १० लाख, राजस्व बाँडफाँट सवारी साधन प्रदेश सरकारतर्फ १ करोड ५७ लाख २६ हजार, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, दहत्तर बहत्तर, ढुंगा गिटी बालुवा, विज्ञापनतर्फ ६१ लाख ९८ हजार, विपद व्यवस्थापन १ करोड, आन्तरीक स्रोत अल्या समेततर्फ १५ करोड ६६ लाख ९३ हजार २४१, मर्मत सम्भार कोष खाता संचालन हुने योजनातर्फ ६३ लाख गरी ९६ करोड ७७ लाख १४ हजार ७४१ रुपैँयाको बजेटको विवरण नगर प्रवक्ता पदमराज गुरुङले प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *