“संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन” क्षेत्रमा उल्लेखनीय भुमिका खेलेकाे स्याङ्जाको वालिङ् नगरपालिका सम्मानित भएकाे छ । नेपाल नगरपालिका संघले प्रत्येक वर्ष नेपालभर रहेका नगरपालिकामध्ये प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ यसबर्ष वालिङलाई दिएकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवाले सो पुरस्कारको प्रमाणपत्र नगर प्रमुख दिलिपप्रताप खाँणलाई प्रदान गरेका छन् ।
Post Views: 21