वालिङ नगरभित्रका सम्पूर्ण घरहरुमा नम्बर प्लेट टाँसिने

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिकाभित्रका घरमा नम्बर प्लेट टाँसिने भएको छ । नगरपालिकाले सुरु गरेको समुदाय स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम अन्तर्गत नगरका प्रत्येक घरमा नम्बर प्लेट टाँसिने भएको हो ।
प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित उक्त नागरिकको घरसमेत जीपीएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी घरमा नम्बर प्लेट टाँसिन लागेको नगरप्रमुख कृष्ण खाँणले बताए ।
वालिङ-३ मा माझकोटमा औपचारिक कार्यक्रमबाट सुरु गरिएको यस कार्यक्रमले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थाको बारेमा नगरपालिका जानकार भैरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीति तयार गर्न सघाउ पुग्नेमा नगरप्रमुख खाँणले बताएका छन् ।
स्मार्ट नगरपालिकाको रूपमा पहिचान बनाएको वालिङले नागरिकको स्वास्थ्यस्थिति थाहा नपाउँदासम्म हरेक आर्थिक वर्षमा तय गरिने नगरका योजना,नीति तथा कार्यक्रम लागू गर्न कठिनाइ भएको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताईन् ।
उनले स्वास्थ्य नै मानवजीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकोले नागरिकको स्वास्थ्यको अवस्था अनुसार बजेट निर्माण, योजना कार्यान्वयन तथा अन्य विविध पक्षको वर्गीकरण गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरिन् ।
मंसिर १४ गतेबाट सुरु भएको कार्यक्रम एक महिनाको अवधिमा सम्पूर्ण घरमा नम्बर प्लेट टाँस्ने कार्य सम्पन्न गरिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *