विकासे याेजना कार्यान्वयन गर्न कानून संशोधन गर्छाै- मुख्यमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

विकास निर्माणका आयोजना निर्माण गर्ने क्रममा कानून अवरोध बने पुुन संशोधन गरेर योजना कार्यान्वयन गरिने बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको पुँजीगत बजेटको ५५ प्रतिशत बजेट भौतिक पूर्वाधारमा भएको बताउँदै पुँजीगत बजेट खर्च गर्न नसके आगामी बर्ष बजेट अन्यत्र क्षेत्रमा लैजाने बताए हुन् ।
म्याग्दीको पर्यटकीय क्षेत्र घोडेपानीमा आयोजित भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको चालु आवको प्रथम चौमासिक समिक्षामा बोल्दै मुख्यमन्त्री पाण्डेले विकास निर्माणका आयोजना निर्माणमा कानून अवरोध बनेको भन्दै प्राविधिकहरुले गुनासो गरेका थिए । सोही क्रममा मुख्यमन्त्रीले कानुन अवरोध बनेमा संशोधन गरेर भए पनि पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिने बताएका हुन् ।
पाण्डेले संघ सरकारले पठाएका टुुक्रे योजना कार्यान्वन नगर्ने घोषणसमेत गरेका छन् ।उनले टुुक्रे योजनामा नअल्झिन भौतिक मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
संघिय सरकारबाट प्रदेशमा दुुई लाखसम्मको बजेट आएको उनले बताए । यस्ता योजना कार्यान्वयन गर्न नसकिने विषयमा प्रधानमन्त्री एवं संघिय मन्त्रीहरुलाई जानकारी गराएको बताउदै मुख्यमन्त्रीले परिमाण नआउने साना र टुक्रे योजनामा अल्झिएर पुँजीगत बजेट खर्च गर्न नसकिने बताएका हुन् । मुख्यमन्त्रीले संघबाट आएका साना योजनामा समय नफाल्न पनि कर्मचारीलाई निर्देशन दिए । भौतिक मन्त्रालयको प्रगतिले नै समग्र प्रदेश सरकारको प्रगति देखिने हुँदा सरकारको ८१ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य पूरा गर्ने गरी कार्यान्वयन गर्न निर्देशन दिए । मुख्यमन्त्रीले कर्मचारीलाई यो या त्यो कुनै पनि वाहाना देखाएर उम्कनुभन्दा पनि समाधानका विकल्पसहित अगाडि बढ्नुपर्ने बताए ।
समिक्षा कार्यक्रममा मन्त्रालय मातहतका सवै कार्यालय प्रमुख र लेखा अधिकृत सहभागी छन् । सहभागी प्राविधिकिले वन ऐन नै विकास निर्माणमा मुख्य चुुनौति रहेको बताए । सरकारले अध्यादेश ल्याएर भए पनि समस्या समाधान गर्ने बताउदै मुख्यमन्त्रीले २०७६ को संघिय ऐन समस्या भएको हुँदा प्रदेश ऐन २०८० जारी गर्ने तयारी रहेको बताए ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रकाश आलेले काम भएका विकास आयोजनामा बजेट अभाव हुुन नदिने र योजना कार्यान्वयनमा सहजिकरण गरिने बताए । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले योजना कार्यान्वयनमा देखिएका समस्याको समाधान तथा असल अभ्यास विस्तार गर्न समिक्षा कार्यक्रम उपलब्धीमुुलक हुुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *