विद्युतीय सामानको प्रयोग गरौ: मन्त्री भुसाल

Share this post :

Facebook
Twitter
WhatsApp

ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् उत्पादन बढिरहेकोले खपत वृद्धि गर्दै जानुपर्ने बताएकी छन्। घरमा विद्युतको प्रयोग बढाउनुपर्ने र विशेषगरी भान्सामा विद्युतको प्रयोग वृद्धि गरिनुपर्नेमा उनले जोड दिएकी छन ।
ग्यास, पेट्रोलियम पदार्थलगायतको विकल्पमा विद्युतको प्रयोग गर्ने ’ सामुदायिक रेडियोहरूको संस्था अकोराब र अमार्कले आज ललितपुरमा गरेको कार्यक्रममा मन्त्री भुसालले भनिन्, सरकारले विद्युतको महशुल घटाउँदै लगेको छ । ‘भान्सामा इन्डक्सन चुल्होलगायत प्रयोग गरी विद्युत खपत बढाउनुपर्छ।’ मंसिर १ गतेदेखि लागू हुने गरी रेडियो, खानेपानीलगायत क्षेत्रमा महशुल घट्ने भएको छ।
रेडियो सञ्चालकहरूले प्रतियुनिट अहिले ११ रूपैयाँ तिर्दै आएकोमा अब ७ रूपैयाँ तिरे पुग्ने अकोराबका महासचिव किशोरजंग थापाले बताएका थिए ।
उनले निजी क्षेत्रबाट हुने विद्युत उत्पादनको मात्रा बढाउन पहल गर्ने र बढी भन्दा बढी नेपाल विद्युत प्राधिकरणले खरिद गरि जनस्तरसम्म पुर्याउने योजना रहेको बताइन् । उनले जनतालाई गरीबीबाट उन्मुक्ति दिलाउनु नै पहिलो आफ्नो सपना भएको बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *