पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमवाट १ सय ५ युनिट रगत संकलन भएको छ ।
विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा १४ जना महिला र ९१ जना पुरुषले रक्तदान गरेको उप समितिका सदस्य दिनेश शर्माले जनाए । कार्यक्रमको पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले पहिलो रक्तदाता विद्यालयका पुर्व प्रध्यानाध्यापक खिमलाल अधिकारीलाई व्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरे ।
Post Views: 26