विभिन्न नदीमा ७२ वटा घडियाल गोही छाडियो

Share this post :

Facebook
Twitter
WhatsApp

विभिन्न जिल्लामा गरी ७२ वटा घडियाल गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही छाडिएका हुन् । मङ्सिरयता ती गोही राप्ती, कोसी र नारायणी नदीमा छाडिएको हो ।
थप केही गोही राप्ती नदीमा छाड्ने तयारी भइरहेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ गोही छाडिएको थियो ।
दुई भाले र १० पोथी गोही नदीमा छाडिएको हो । माघ १९ गते पथरीस्थित कोसी नदीमा तीन भाले र १७ पोथी गरी २० गोही छाडिएको थियो । यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको बताइएको छ ।
राप्ती नदीमा थप ३० गोही छाड्ने तयारी निकुन्जको छ । हालसम्म विभिन्न नदीमा एक हजार ६५७ गोही छाडिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *