विभिन्न मुद्दाका ४६ जना फरार प्रतिवादी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा फैसला भई फरार रहेका ४६ जना प्रतिवादी पक्राउ परेका छन् । ४६जनालाई मंसिर महिनाभर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ४६ जनालाई आइतबार कैद भुक्तानको लागि जिल्ला अदालत कास्कीमा हाजिर गराइएको छ । उनीहरुबाट २ लाख १२ हजार २ सय राजश्व र ४ महिना १६दिन कैद भुक्तान हुनेछ । प्रहरीको तथ्यांक अनुसार चेक अनादार मुद्दामा २९ जना रहेका छन् । यो सवैभन्दा बढी मुद्दा हो । यस्तै, चोरी मुद्दामा २ जना, जुवा मुद्दामा ३ जना, दुशित तथा न्यूनस्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरण मुद्दामा १ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ४ जना, जालसाझी मुद्दामा ४ जना, साधारण चोरी मुद्दामा १ जना, सवारी अंगभंग मुद्दामा १ जना रअभद्र व्यवहार मुद्दामा १ जना रहेको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *