विमानस्थल भन्सारका कर्मचारी र एजेन्ट निलम्बित

Share this post :

Facebook
Twitter
WhatsApp

अवैध रूपमा भित्रिएको सुन प्रकरणको अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारी निलम्बनमा परेका छन् ।

विभागका अनुसार खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ । त्यस्तै भन्सार एजेन्ट यादव पराजुलीलाईसमेत निलम्बन गरिएको बताईएकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको हो । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *