एमालेका सचिव पद्यमा अर्यालले स्याङजाको विरुवा क्षेत्र पुरानो कम्युनिष्टको जन्मभुमि भएको बताएकी छन् । एमाले विरुवा पोखरा सम्पर्क मञ्चको प्रथम सम्मेलनको पोखरामा मंगलबार उद्घाटन गर्दै एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहेकी अर्यालले पुरानो कम्युनिष्ट जन्माउने विरुवा गाउँपालिका हिजो पनि कम्युनिष्टको लालकिल्ला भएको र भोलि पनि कम्युनिष्ट लालकिल्ला हुने उदघोष गरिन् ।

सचिव अर्यालले ५ दलीय गठबन्धन विरुद्ध चुनाव लड्न एमाले तयार रहेको र परमादेशबाट बनेको गठबन्धन पराजित गराइ छाड्ने दाबी उनको छ । देशभर एमालेमा देखिएको जनलहरकै कारण कांग्रेस, माओवादी अत्तलिएर गठबन्धन गर्न बाध्य भएको तर, यसले आफ्नो पार्टीलाई केही असर नपर्ने उनको भनाई छ । नेकपा एमाले विरुवा पोखरा सम्पर्क मञ्च तदर्थ कमिटि संयोजक गुप्त गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सह संयोजक रुद्र विक्रम खाणको सञ्चालनमा भएको थियो । सम्मेलनले गुप्त गुरुङको अध्यक्षतमा २५ सदस्यीय विरुवा पोखरा सम्पर्क मञ्च गठन गरेको नेकपा एमाले विरुवा गाउँपालिका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।