एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्गिय, जातिय, क्षेत्रीय लगायतका विविद् विवेद अन्त्यका लागि समाजवादी मोर्चाको गठन गरिएको बताएका छन् । समाजमा हुने अन्याय, अन्याचार निर्मूल पार्न, युवालाई रोजगार दिन र विकास निर्माणका लागि समाजवादीको मोर्चा आवश्यकता रहेको उनले बताएका हुन् ।
आज पोखरामा आयोजित प्रदेशस्तरीय सन्देश सभामा बोल्दै उनले सरकारसँग मात्र नभई समाजवादी मोर्चा जनता केन्द्रीत हुने दावी गरेका छन् । राष्ट्रियतामाथि आँच आउने काम भए यो मोर्चा चुप लागेर नबस्ने उनको भनाई थियो । नेपालको राजनीतिमा कम्युनिस्टले खेलेको भुमिका अन्य पार्टीले खेल्न नसक्ने भन्दै नेपालले क्रान्तिकारी धार रक्षाका लागि विद्रोह आवश्क रहेको बताएका छन् । ‘अग्रगमन र प्रतिगमनबीच संघर्ष चलिरहन्छ’ उनले भने । अध्यक्ष नेपालले प्रचण्ड सरकारले भ्रष्टाचारको काम राम्रो रहेको बताउदै प्रचण्डको सुशासन अभियानमा आफूहरूको साथ रहेको बताए । उनले प्रचण्ड सरकारको कामको खुलेर प्रशंसा गरेका थिए ।