विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रपतिको निर्वाचन सम्पन्न गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) उपराष्ट्रपतिको निर्वाचनको तयारीमा छन् । प्रधानमन्त्री दाहाल यतिबेला उपराष्ट्रपति निर्वाचनको तयारीमा छन् । उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरेपछि मात्र उनले विश्वासको मत लिनेछन् । विश्वासको मत लिएपछि मात्र दाहाल सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाडेपछि समर्थन पनि फिर्ता लिएका थिए । यससँगै प्रधानमन्त्री दाहालले संसदमा पुनः विश्वासको मत लिने भएका हुन् ।
राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर्थात् चैत १३ सम्म प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । संसद वैठक चैत ५ मा बोलाइएको छ । दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *