गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रदेशसभा समक्ष प्रस्ताव पेश गर्ने भएका छन् । आज बसेको गण्डकी प्रदेश सरकारको दोस्रो मन्त्रिपरिषद्को वैठकमा गरिएको एउटा निर्णय अन्तर्गत पुस २९ गते बस्ने प्रदेशसभाको वैठकमा विश्वासको मत लिने समय माग गर्दै प्रदेशसभामा प्रस्ताव पेश गर्ने निर्णय भएको थियो । विनाविभागीय मन्त्री हरिबहादुर चुमानले एउटा मात्रै निर्णय गरेर वैठक सम्पन्न भएको जानकारी दिए । ‘हामीले प्रदेशसभासमक्ष प्रस्ताव पेश गर्ने हो बाँकी निर्णय प्रदेशसभाबाटै हुन्छ’ उनले भने । विश्वासको मत लिने समय एक महिना भए पनि छिट्टै नै विश्वासको मत लिने तयारीमा सरकार रहेको छ । ३३ सांसदको समर्थनमा सोमबार अधिकारी मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । सोही दिन चार सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो ।
Post Views: 24