विहादीमा व्यावसायिक फूलखेती

Share this post :

Facebook
Twitter
WhatsApp

पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम स्थित हनुमानडाँडामा सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ । स्थानीय मेघनाथ भट्टराईले परीक्षणस्वरुप फूलखेती गर्न सुरु गरेका हुन् । उनले भट्टराई पशुपंक्षी तथा कृषि फार्ममार्फत व्यक्तिगत लगानीमा हाल परीक्षणस्वरुप फूलको खेती गरे पनि बजार राम्रो भएमा व्यावसाय विस्तार गर्ने योजना रहेको बताए ।
भट्टराईले हाल दुई हल गोरु लाग्ने बारीमा ५० हजार लगानी गरेर फूलको खेती गरेको बताए । विहादी गाउँपालिका–६, का वडा अध्यक्ष मोहन वश्यालले सम्भवत पालिकाभित्र व्यावसायिक रुपमा सयपत्रीको फूलको खेती गर्ने भट्टराई पहिलो कृषक भएको दावी गरे । वश्यालले वडामा उद्यमशिल बन्छु भन्ने हरेक नागरिकलाई आफुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।
उनले मौसमी तथा बेमौसमी सयपत्री फूलको व्यावसायिक खेती टिकाउन सके प्लाष्टिकका माला विस्थापित हुने र वातावरणीय प्रदुषण हट्ने बताए । वडा अध्यक्ष वश्यालले तिहारमा जतिसक्दो प्राकृतिक फूलबाट बनेका माला लगाएर दाजुभाई दिदीबहिनीमा शुभकामना आदानप्रदान गर्न सुझाव दिए । यसअघि एक रोपनी क्षेत्रफलमा अदुवा, बेसार र खुर्सानी लगाउने कृषकलाई प्रतिव्यक्ति २० हजार रुपैँया अनुदान उपलव्ध गराएको छ । वडाभित्रका बेरोजगार युवायुवतीलाई उनीहरुको चाहाना अनुसारको पेशा व्यावसाय गर्न उत्प्रेरणा दिने र सहयोग गर्ने योजना रहेको वडाध्यक्ष वश्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *