व्यवसायीलाई एकतावद्ध बनाउँदै व्यवसायको प्रवद्र्धन गर्दै टेवान

Share this post :

Facebook
Twitter
WhatsApp

पर्यटन व्यवसायी महिल संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजीनेश नेटवर्कीङ एण्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ । विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिबृद्धि गर्दै सामुहिक रुपमा व्यवसायिक सफलता हाँसिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको टेवानका अध्यक्ष कमला गिरीले जनाइन् । विभिन्न व्यवसायमा आवद्ध व्यवसायी एवम् व्यवसायिक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि सहित ९५ जनाको सहभागिता रहेको उनले बताए ।
कार्यक्रममा टेवानका सल्लाहकार एवम् बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले व्यवसायिक सफलताका लागि सबै किसिमका व्यवसायीबीच समन्वय हुनु जरुरी रहेको बताए । यस किसिमका कार्यक्रमले सामुहिक रुपमा व्यवसायिक सफलता हासिल हुने उनले बताए । पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले पर्यटनसँग सम्बन्धित मात्र नभै अन्य किसिमका व्यवसायीलाई पनि एकै थलोमा ल्याएर छलफल एवम् अन्तरक्रिया गरिनु महत्वपूर्ण रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *