व्यवस्था जोगाउन गठबन्धनलाई भोट

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की क्षेत्र नम्बर दुईका गठबन्धनका उम्मेदवारले उपलब्धि व्यवस्था जोगाउन पनि गठबन्धनलाई भोट आवश्यक रहेको बताएका छन् । बुधबार घरदैलो गर्दै उनीहरु हिजोका परिवर्तनका आन्दोलनमा जस्तो प्राप्त उपलब्धी जोगाउन काँग्रेस र कम्यूनिष्टविच गठबन्धन भएको बताए ।
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्या एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले हिजो आफूहरुले निर्माण गरेको एकीकृत पाटी तीन टुक्रा भएको भन्दै कम्युनिष्टको मुल स्प्रिट आफूहरुले बोकेको दाबी गरे । पुष्पलाल श्रेष्ठ, वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी हुँदै गिरिजा प्रसाद कोइरालासम्मको विरासत बोकेका कांग्रेस र कम्युनिष्ट एक ठाउँमा रहेको उनको भनाई छ ।
पोखरा–१६ बाटुलेचौरमा भएको घरदैलोको क्रममा उनले भने, ‘विगतमा ठूलठूला परिवर्तन कांग्रेस र कम्युनिष्ट मिलेर गरेको इतिहास छ । अहिले परिवर्तनलाई पछाडी फर्काउने प्रयास भयो । संसद विघटन गर्ने र संविधानमाथी प्रहार गर्ने काम भयो । प्राप्त उपलब्धि गुम्ने खतरा भयो । त्यसैलाई जोगाउन गठबन्धन भएको हो ।’ उम्मेदवार बरालले पोखरा १६ का जनताको आवश्यकता आफूले बुझेको र जनताको भावना अनुरुपको ऐन कानुन निर्माणमा भूमिका खेल्ने उनले बताए । संसद नभएका बेला जनताकै बीचमा रहेर काम गर्ने उनको भनाई थियो । ‘४० वर्षदेखी निरन्तर जनताको माझमा छु । यो क्षेत्र भूगोल र क्षेत्रको बारेमा जानकार छु । विगतमा राम्रोसंग काम हुन सकेन अब काम हुन्छ । अब द्रुत गतिले अघि बढ्छौ’ उनले भने ।
कांग्रेसका नेता एवं गठबन्धनको तर्फबाट कास्की २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले पहिलो कार्यकालमा प्रदेशमा जग बासाल्ने काम गरेको र अब विकास र समृद्धि मुख्य प्राथमिकतामा पर्ने बताए । उनले भने, ‘यहाँहरुले यस अगाडि मलाई निर्वाचित गरेर पठाउनुभयो । हामीले प्रदेशको जग राख्ने काम गरेका छौं । सकेसम्म आफ्नो क्षेत्रका जनताको भावना अनुरुप काम गरेको छु । मैले पाउने सेवा सुविधा समेत यहाँकै विकासमा खर्च गरेको छु । त्यसले निरन्तरता आउने कार्यकालमा पनि पाउने छ ।’ उधमशिलताको विकास गर्दै रोजगारी सृजना गर्ने उनले बताए । उनले भारत र चिनसंग सिमा जोडिएको प्रदेश भएकाले कोरलादेखी सुस्तासम्म लाइफलाइनको रुपमा सडक सञ्जाल जोड्ने काम अगाडि बढेको, जनतालाई चाहिने ६१ भन्दा धेरै कानुन निर्माण गरिएको र अब विकास पूर्वाधारका लागि गठबन्धनकै प्रदेश सरकार बन्ने उनले बताए । प्रदेश संसद र सरकारमा समेत आफूले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई थिया ।
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की क्षेत्र नम्बर २ (१) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार बिश्वप्रकाश लामिछानेले दोविल्लासहित समग्र विकासका लागि गठबन्धनको जित अनिवार्य रहेको बताए । पोखरा १७ दोविल्लामा आयोजित चुनावी कोणसभामा बोल्दै उनले उक्त कुरा बताएका हुन् । विकास र समृद्धिका लागि गठबन्धन बनेको भन्दै उनले गठबन्धन र जनताको भावना अनुरुप आफूले काम गर्ने बताए । ‘राजाले कु गर्दा मुलकको परिवर्तनको लागि संयुक्त गठबन्धन गयौं । जनताको संविधान बनेपछि पनि संविधान जोगाउन गठबन्धन गरेको हौं’ उनले भने, ‘विकास र समृद्धिको लागि गठबन्धन गरेको हो ।’ दोविल्ला क्षेत्र एतिहासिक क्षेत्र रहेको भन्दै उनले आफू संरक्षणको अभियानकर्मी भएकाले उक्त क्षेत्रको नदीकटान रोक्ने बताए । दोविल्लाको पुल अहिले पनि खतरामा रहेको भन्दै उनले पुल जोगाउनका लागि योजना ल्याउने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *