प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अवस्था बदल्न पुनः परीक्षा दिन चाहेको बताएका छन् । मूलुकमा अवस्था फेरिए पनि व्यवस्था नफेरिएको बताउँदै उनले जनताको सेवक बन्न पुनः एकपटक परीक्षा दिन तयार रहेको बताए । सार्वजनिक सेवा सुधार गर्ने प्रतिबद्धता जनाउँदै उनले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै विभिन्न सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्तीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले सरकार जनताको मालिक नभई सेवक रहेको बताएका थिए ।
Post Views: 32