शक्तिखोर अौद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शक्तिखोरको अौद्योगिक ग्राम निर्माणको काम छिट्टैे सम्पन्न गरिने बताएका छन् ।

चितवनको निर्वाचन क्षेत्र नं.-२ को चुनावी सभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपील गर्दै प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ । संयोगले यसपटक पनि म नै प्रधानमन्त्री छुु । यो कार्यकालमा अौद्योगिक ग्राम निर्माणको काम सम्पन्न गर्छौं । यसका साथै चितवनको विकासका लागि रणनीतिक महत्त्वका योजनाहरू अगाडि बढाउँछौं ।’

सभामा प्रधानमन्त्रीले खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गर्न चितवनबासीलाई अपील गरे । उनले कहिलेकाहिँ खहरे खोला पनि उर्लिने बताउँदै भने, ‘त्यो छिट्टै सुक्छ । तर, नदी सदाबहार हुन्छ । केही समयदेखि यता चितवनमा खहरे भेल आएको छ । तर,अहिले बिस्तारै सुक्दैछ । मतदाताहरू लयमा फर्किंदैछन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरू विशाल नदी हुन् । यिनीहरू सदाबहार रूपमा अगाडि बढ्छन् ।’

जीतनारायण श्रेष्ठ चितवन-२ का लागि सबैभन्दा योग्य उम्मेदवार रहकाे प्रधानमन्त्रीले बताए । चितवनलाई राम्रोसँग बुझेको, यहाँका जनतासँग भिजेको उम्मेदवार उनै रहेकाे उनले बताए । कांग्रेसको मात्र नभएर गठबन्धनको साझा उम्मेदवार रहेकाे बताउँदै प्रम दाहालले जीतनारायणलाई जिताएर पठाए चितवनको विकासमा महत्त्वपूर्ण सहयोग गर्ने बताए ।

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ को विकासका निम्ति जीतनारायण श्रेष्ठ सबैभन्दा योग्य उम्मेदवार भएको भन्दै अत्यधिक मतलेे विजयी गराउन चितवनबासीलाई अपील गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *