उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा आवद्ध कुनै पनि दोषीलाई नछाड्ने बताएका छन् । बिनापूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान अघि बढेको बताउँदै उनले उक्त प्रकरणका दोष्ी र अपराधीलाई कुनै पनि हालतमा छोड्न नहुने बताए ।
आइतबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताएका हुन् । ‘निष्पक्ष ढंगले बिनापूर्वाग्रह स्वतन्त्र ढंगले अनुसन्धान पक्रिया अघि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिएको बताउदै उनले भने, ‘निर्दोष कोहीलाई उसको सामाजिक प्रतिष्ठामा आँच आउने गरी अनावश्यक दुःख दिने गरी तानिने काम हुँदैन । दोषी र अपराधी कुनै पनि हालतमा छुट्दैनन् ।’
उनका अनुसार भ्रष्टाचारविरुद्धको अभियानलाई व्यवस्थितरुपमा अघि बढाउन सरकारले महत्वपूर्ण कार्यसूचि बनाएकोछ । नेपाल प्रहरीको प्रतिष्ठा र गौरवलाई नयाँ उचाइमा पुर्याउने गरी अब भ्रष्टाचार र अपराधी नियन्त्रणका गतिविधि अघि बढ्ने श्रेष्ठले बताए ।