शसस्त्र प्रहरीमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहिन भएका छन् । दुई जना हवल्दार र १० जना जवान गरी १२ जना सम्पर्कविहिन भएको शसस्त्र प्रहरी बलm केन्द्रिय कार्यालयले जनाएको छ । उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । सम्पर्कविहीन हुनेमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका–१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी–३ का हरिकिसुन थारु रहेका छन् ।
यस्तै, जवानमा झापाका प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका सन्तोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् । कार्यालयको सम्पर्कमा नआएका १२ जनालाई नै सात दिनभित्र गैरहाजिर हुनुको मनासिव कारणसहित सम्पर्कमा आउन सूचना जारी भएको छ । सम्पर्कमा नआए कारबाही प्रक्रिया बढाउने सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ । कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ ।