शिक्षक तथा विधार्थीकाे प्रतिभा पहिचान

Share this post :

Facebook
Twitter
WhatsApp

‘म विधार्थीका लागी र विधार्थी मेरा लागि’ भन्ने उदेश्यका साथ प्रदेश शिक्षा निर्देशनालयले आज प्रदेशस्तरीय शिक्षक तथा विधार्थी प्रतिभा पहिचान कार्यक्रम संचालन गरेकाे छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा आयाेजना गरिएकाे उक्त कार्यक्रम शनिबारसम्म चल्नेछ । कार्यक्रममा नृत्य, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियाेगिता संचालन हुने प्रदेश शिक्षा निर्देशक अम्बिका आचार्यले बताएका छन् ।

कार्यक्रमकाे उद्घाटन प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरूङले गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै गुरूङले आफूले सिकेकाे शिक्षा महशुस गर्दै प्राप्त गरेकाे शिक्षा उपयाेगमा ल्याउनु महत्त्वपूर्ण रहने बताएका छन् । शिक्षासँगै नैतिकता पनि उत्तिकै महत्त्वपूर्ण रहने उनकाे भनाई छ ।

प्राप्त शिक्षा पाएपछि अरूसँग बाँड्न नसक्ने भने शिक्षक नभईने बताएका थिए । उनले यस्ता कार्यक्रमले शिक्षककाे क्षमता विकासमा पनि सहयाेग पुग्ने बताए ।

कार्यक्रममा प्रदेशभरीका विधालयबाट शिक्षा र विधार्थीकाे सहभागीता रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *