शिक्षा अधिकृतमाथि आक्रमण : गाँउपालिकाको कामकाज ठप्प, सबै विद्यालय बन्द

Share this post :

Facebook
Twitter
WhatsApp

बाँकेको नरैनापुर गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण थारुमाथि कुटपिट भएको छ । थाारुसंगै प्राविधिक कमल केसीमाथि अभद्र व्यवहार गरिएको छ । शिक्षा अधिकृत थारुलाई विनय प्रकाश दिक्षित नेतृत्वको समूहले शिक्षक भर्नामा घुस लिएको आरोप लगाउदै कोठामा थुनेर कुटपिट गरेका हुन् ।
गाँउपालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विजय प्रकाश दिक्षितको नेतृत्वमा गुरुमुरत यादव, आरिफ खान, प्रमोद कुमार शर्मा, मो.जाबेद खान, अब्बु हसन खान, र शिक्षकहरु राधेश्याम यादव, सन्तोष कुमार बहुन, गोरख बहादुर राना, रिता चौधरी, चन्द्रेश्वर त्रिपाठी, धर्म प्रकाश जैसवाल लगायत २०÷२५ जनाको समूहले मदक पदार्थ सेवन गरी कार्यालयमा प्रबेश गरी आक्रमणको प्रयास गरेको जनाएको छ ।’
आईतबार अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला शिक्षा अधिकृत थारुलाई कोठामा थुनेर बहिराबाट बिद्युतको लाईन समेत दिक्षितले काटिदिएको बताइएको छ । शिक्षा अधिकृत थारुले आफनो ज्यान बचाई दिन फोनमार्फत गुहार मागेपछि शिक्षकहरुको सहयोगमा ताल्चा तोडेर थारुलाई बहिरा निकालिएको थियो ।
सुरक्षाको माग गदै कर्मचारीले सोमबारदेखि गाँउपालिकाको कामकाज ठप्प पारेका छन् । गाँउपालिकाभित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकलेसमेत दोषिमाथि कारबाहीको माग गर्दै अनिश्चितकालका लागि विद्यालय बन्द गरेका छन् । शिक्षक नियुक्तिमा कमिशन लिएको आरोप लगाउदै बिनय दिक्षित नेतृत्वको समूहले शिक्षा अधिकृत थारुको कार्यकक्षमा पुगेर आईतबार अभद्र व्यहार गर्दै शारीरिक तथा मानसिक यातना दिएका थिए ।
आफुुमाथि लगाएको आरोप निराधार, कपोकल्पीत र झुटा भएको थारुले बताएका छन् । कर्मचारीमाथि कानुनी राज्यको धज्जी उढाउदै गरिएको अमानवीय व्यावहारप्रति नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत जनकलाल थारुले दुःख ब्यक्त गरे । संयुक्त रुपमा एक प्रेस विज्ञाप्ती प्रकाशितत गर्दै कर्मचारीहरुले कानुनी राज्यमा गैरकानुनी कामलाई प्रोत्सान दिन नहुने बताउदै अराजक समुहले पटक–पटक गाँउपालिकामा आतंक मच्चाउने गरेको, जनप्रतिनिधिमाथि विभिन्न आरोप लगाउने र कर्मचारीमाथि आक्रमण गर्ने गरेकोप्रति चिन्ता ब्यक्त गदै उनीहरुले लगाएको आरोप पुुष्टी गर्न वा सप्रमाण लिएर आउन चुनौति दिएका छन् ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले कर्मचारीमाथि कुनै पनि बहानामा आक्रमण गर्नु गलत रहेको बताए । कर्मचारीमाथि भएको आक्रमणको निन्दा गर्दै कानूनी कारवाही गर्न गृह प्रशासनसंग अपिल गरे । उनले गाँउपालिकाको दैनिक कामकाज र पालिकाभित्र रहेका सबै विद्यालय सुचारु गर्नका लागि पहल गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *