रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका अनुसार सोही गापा–७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भर ५० हजार रुपैयाँसहित पक्राउ परेको हुन् ।
आयोगका सूचना अधिकारी रामकृष्ण अधिकारीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गापाको चमेना गृहबाट घुस रकमसहित बिहीबार बिहान साढे ११ बजे उपक्राउ गरिएको जानकारी दिए ।
Post Views: 21