‘श्रमाधान रोजगार मेला’ आजदेखि सातवटै प्रदेशमा

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले विहीवारदेखि सात वटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । रोजगारदाता र श्रमिकलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले सबै प्रदेशमा मेला आयोजना गर्न लागिएको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए ।

प्रत्येक प्रदेशमा दुई-दुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा आजदेखि शुरु भएर जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सकिने मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशको विराटनगरमा आज र भोलि, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

मेलामा रोजगारदाता कम्पनी र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ । श्रममन्त्री अर्यालले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको बताए । मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने सरकारको विश्वास छ । मन्त्रालयका अनुसार श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *