श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

श्रीमतीको हत्या गरेको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विहीबार साँझ भीरकोट नगरपालिका–६ फोक्सिङका ५५ बर्षिय डबलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रीमती ४५ बर्षिया मायादेवी थापालाई हातपात तथा कुटपिट गरी थापाले सल (कपडा)को पासो लगाई सोहीदिन धन्सारको कोठामा अचेत अवस्थामा राखेका थिए ।
मयादेवीकी दिदी तारा थापाले वडा प्रहरी कार्यालय वालिङमा सुचना दिएपछि प्रहरीको टोलीले अचेत अवस्थामा रहेकी मायादेवीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगेको थियो । उपचारको क्रममा चिकित्सकले मायादेवीलाई मृत्त घोषण गरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरीले डबलबहादुरलाई तत्कालै पक्राउ गरी हिरासतमा राखेको थियो ।
शुक्रबार जिल्ला अदालत स्याङ्जामा कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरिएको डीएसपी अधिकारीले जनाए । उनका अनुसार घटनाको बारे थप अनुसन्धान भइरहेको छ । थापा दम्पतिका २१ वर्षिय छोरा र १५ बर्षिया छोरी गरी दुई सन्तान छन् । घटनाका अनुसन्धान अधिकृत हरिप्रसाद पौडेलले छोराले नै प्रहरीकोमा जाहेरी दिएको बताए । ‘कारण भने खुल्न सकेको छैन’ उनले भने, ‘डबलबहादुरले अत्याधिक मादक पदार्थ सेवन गर्दा रहेछन् । बुढाबुढीमा सामान्य भनाभन भयो होला उनले हातपात गरे ।’ शुक्रबार विहानसम्म डवलबहादुर मापसे अवस्थमा नै रहेकाले अन्य कारण भने पत्ता नलागेको प्रहरीले जनाएको छ ।
‘गाउँमा खसी काटेका रहेछन्,’ प्रहरी निरीक्षक पौडेलले थपे, ‘वहिनीलाई पनि मासु लगिदिन्छु भनेर दिदी तारा बहिनीको घर आउनुभएको रहेछ । दिदी घरमा आउँदा बहिनीलाई ज्वाँइले कुटपिट गरि, सलको पासो लगाई काखमा लिएर बसेका रहेछन् । अचेत भएकी बहिनीलाई उपचार गरेपछि निको हुन्छ भनेर हामीलाई खबर गर्नुभयो । हामी तत्काल घरमा पुग्यौ र उपचारको लाागि अस्पताल ल्यायौ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *