श्रीमतीको हत्या गरेको आरोपमा स्याङ्जा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–८ का ४० वर्षिय गोपाल दमै पक्राउ परेका हुन् । श्रीमती ४२ वर्षिया मञ्जुलाई भदौ १४ गते कुटपिट गरी घाइते गराएका थिए ।
घाइते मञ्जुको टाउकोमा बढी चोट लागेको प्रहरीले जनाएको छ । उनलाई स्थानीयले उपचारको लागि जिल्ला अस्पताल लगेका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि गण्डकी शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालले दिएको जानकारी अनुसार मञ्जुको उपचारको क्रममा १५ गते चिकित्सकले मृत्त घोषण गरे । प्रहरीले दमैलाई विहीवार पक्राउ गरि जिल्ला अदालतमा शुक्रबार कर्तव्य ज्यानको मुद्दा चलाइएको छ ।
Post Views: 24