संघमा गुरुङ र प्रदेशमा भट्टराईको अग्रता

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ ।
उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार ७१ मतले अगाडि छन् ।
पछिल्लो विवरण अनुसार काँग्रेस उम्मेदवार गुरुङले २२ हजार एक सय २२ मत प्राप्त गर्दा एमालेकी अर्यालले २० हजार ४९ मत ल्याएकि छन् ।
यस्तै प्रदेशसभा (ख) अन्तगर्त नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराले २३ मतले अग्रता कायम गरेका छन् । भट्टराईले नौ हजार आठ सय ७० मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले नौ हजार आठ सय ४७ मत प्राप्त गरेका थिए ।
एमाले उम्मेदवार श्रेष्ठले पाँच हजार पाँच सय ४ मत प्राप्त गर्दा काँग्रेसका भट्टराईले चार हजार चार सय ४० मत ल्याएका छन् ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं १, २, ३, ४, ५, ६ , ७, ८, ९ भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९, वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ र कालीगण्डकी गाउँपालिकाको गणना सकिएको छ ।
अहिले गल्याङ नगरपालिका वडा नं १० को मत गणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *