प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय निजामती सेवा ऐन पारित गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले शनिवार काठामाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।
संघीयता कार्यान्वयनका कामलाई तीव्रता दिनका लागि पनि संघीय निजामती सेवा ऐन पारित गर्नुपर्ने अवस्थामा सरकार रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
दाहालले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अन्य ऐनहरू नहुँदा अहिले संविधानले अंगीकार गरेको मर्म र भावना अनुसार संघीयता कार्यान्वयन हुन नसकेको बताए ।
Post Views: 24