प्रतिनिधी सभा र राष्ट्रिय सभाको वैठक आज बस्दै छ । प्रतिनिधि सभाको वैठक विहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको वैठक अपराहन्न १ः१५ मा बस्दै छ ।
प्रतिनिधि सभा सचिवालयलका अनुसार वैठकमा सम्भावित कार्यसूचिमा नीति तथा कार्यक्रममाथि छलफल हुने छ । छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन् । यस्तै, आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ ।
संसदीय समिति गठन गर्न सहमति भए पनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन् ।
Post Views: 83