हेर्दा चिटिक्क देखिने । सफा उस्तै । रातो माटोले लिपिएका भित्ता । ढुङगा, माटो र इट्टाले निर्मित परम्परागत घरमा अझैपनि ढुङगाकै पाली र छानो देख्न पाइन्छ । पर्यटकीय शहर पोखराको आ–आफ्नै मौलिक विशेषता छन् । तत्कालिन समयमा भैरवटोल, रामकृष्णटोल, गणेशटोल, मोहरिया टोल, र बगालेटोललाई पोखराको केन्द्र मानिन्थ्यो । पोखरा आउने जोकोहीलाई पनि यी ठाउ“ अवगतै हुन्थे ।
पर्यटकका लागिसमेत आकर्षक स्थलका रुपमा थिए यी ठाउ“ । पर्यटकको रोजाइ“मा पर्नुको एउटै कारण थियो, यहा“ बनेका संरचना र बाटोघाटो । मौलिक प्रकृतिको वास्तुकलासहितको संरचनाले लालयित बनाएको दृष्टान्त छ । तर, पछिल्लोसमय यस्ता मौलिक संरचना मासिदै“ गएका छन् । समय परिवर्तनस“गै परम्परागत घरलाई मासेर आधुनिक घर बनाउनेको होडबाजी चलेको छ । पोखरा महानगरपालिका–४ मा अहिलेपनि फाट्फुट मौलिक घर देख्न पाइन्छ । आधुनिकताको विकासस“गै मौलिकता हराउदै गएको स्थानीय मनजिल श्रेष्ठ बताउ“छन् । सिमेण्टका घरमा रमाउने बानी परेपछि मौलिकता मासिदै गएको उनको तर्क छ ।
भन्छन, ‘यहा“का घरमा माटो र ढुंगा मात्र होइन इट्टा पनि प्रयोग भएका छन् । आधुनिकताले यी संरचना नासि“दै गए । मासिने त मासिए नै । भइरहेका संरचना पनि संरक्षण गर्नतर्फ कसैको ध्यान पुगेन ।’ उनले पुराना घर संरक्षणमा अहिलेसम्म कसैको पनि चासो नपुगेको बताए । ‘अहिले पुराना घरको महत्व छैन्’ उनले भने, ‘जव महत्व बुझिन्छ तव, यी सवै घर हराइसकेका हुन्छन् ।’ उनले सरकारी तवरबाटसमेत मौलिकता जोगाउनतर्फ ध्यान नपुगेको बताए । उनका अनुसार पुराना संरचनाको संरक्षणमा सरकार मौन बस्दा समुदायको ध्यान नपुगेको हो ।
तत्कालिन बाइसे चौबिसे राजा शिद्धीनरसिंह शाहले २८० वर्ष पहिले पोखराका २६ कुरिया नेवार बोलाए । विन्ध्यवासिनी मन्दिर तल रहेको भीमसेनटोलमा बस्ती बसाले । व्यापारमा कहलिएका नेवारहरुको भीमसेनटोलबाट संगठित व्यापारको सुुरुवात भयो । समाजसेवी अशोक पालिखे भन्छन, ‘नेवारको घर बार्दली निक्लिएको तीन तले हुुन्छ ।’ त्यहा“बाट नै व्यवसायस“गै पोखरामा बजारको स्थापित भयो । अहिले रामकृष्णटोलमा रामकृष्ण मन्दिरको पूर्वपट्टी पुरानो शैलीको डिजाइनमा घर छ । भैरवटोलका निर्मल बिजुक्छेको घरलाई समेत उदाहरणका रुपमा लिन सकिने उनले बताए । उनकानुसार २०३२ सालको नगर विकास समितिको योजनाअनुसार तत्कालीन अंचलाधिश शंकरराज पाठक र प्लानर पदमबहादुुर थापाले पुरानो घरलाई संरक्षण गरेर राख्ने विषयको उठान गरे ।
लिखित रुपमा दस्तावेजसमेत तयार गरियो । तर, त्यसको कार्यन्वयन हुन सकेन । गणेशटोल, रामकृष्णटोल, भैरवटोलमा रहेको पुुराना घरलाई संरक्षण गर्ने मात्र भनिए पनि उनीहरुलाई कुनै सुविधा नदिएको पालिखे बताउ“छन् । २०५४ देखी २०५८ सम्म पालिखे दुईपटकसम्म नगरविकास समितिको अध्यक्ष हुदा“ पुराना घर संरक्षणको प्रयास थाले । त्यसबेला आफूहरुस“ग आर्थिक स्रोत नभएको उनले बताए । महानगरले सम्पत्ति कर नलाग्ने, घर मर्मत गर्दा सहयोग गर्ने, नया“ घर निर्माण गरेपनि पुरानो तरिकाले बनाउनुुपर्ने नीति लागू गर्यो । तर, त्यसको कार्यन्वयन पनि फितलो रहयो । ‘बहुदल आउनुपूर्व (२०४६ सम्म) घर जस्ताका तस्तै थिए’ उनले भने, ‘बहुदलपछि घरहरु मासिदै जान थाले । बहुदल मौलिकताको अभिसाप बन्यो ।’ कालामुखदेखी सिदार्थचोकसम्म ६४ वटा मौलिकता बोकेका नेपाली घर छन् । दुईवटा घर मासिने क्रममा रहेको बताउदै उनले थपे, ‘महानगरका मेयर÷उपमेयरको मात्र होइन, हाकीम र प्राविधिकको पनि चासो पुगेन ।×’ उनले काम नगरेको भन्दा पनि यसतर्फ भिजन नै नभएको बताए । पोखरा पर्यटकीय राजधानी भनिरहदा यस्ता मौलिक घरको संरक्षण नहुनु दुखद पक्ष हो । ‘मुखले मात्र भयो व्यवहारमा भएन’ उनले थपे ।
अहिले बगालेटोल, रामकृष्णटोलका पुराना घरहरु भत्काउ“दै नया“ घर बनाउने परिपाटी बढ्दो छ । पौराणिक नेवारी शैलीको घर बनाएर राख्दा त्यो ठाउ“ पर्यटकीय क्षेत्रको रुपमा विकास हुन सक्छ । ‘उदाहरणका रुपमा हामीले भक्तपुरलाई लिन सक्छौ’ उनले दोहो¥याए, ‘भक्तपुर नगरपालिकाले पुुराना घरलाई मर्मत गर्दा करमा छुुट दिने गरेको छ । अनुदान दिएको छ । त्यसैले अहिले भक्तपुरमा जेजति घरहरु बनिरहेका छन्, सबै पुरानो शैलीले बनिरहेका छन् । जसको सिको अहिले पाटनमासमेत गरिएको छ ।’ यस्तै, काठमाडौं, ललितपुर र पनौतिमा पनि पुराना घर संरक्षण भएको उनले बताए । भित्र आधुनिक भए पनि बाहिर मौलिकता बोकेको भवन निर्माणमा जोड दिनुपर्ने स्थानीयको भनाई छ । वडा कार्यालय धमाधम आधुनिक डिजाइनमा निर्माण भएका छन् । महानगरको भवन पनि विदेशी शैलीमै बन्दै छ । पोखरा पर्यटकीय शहर भएकाले महानगरले आफ्नो भवन भित्र आधुनिकता भए पनि बाहिर पुराना घरका डिजाइनमा निर्माण गर्नुपर्ने पालिखे बताउ“छन् ।
रामकृष्णटोल, बगालेटोल, गणेशटोल, नालामुख क्षेत्रमा कसैले पुरानो शैलीको घर निर्माण गर्छ भने उसलाई कर छुटको सुविधा दिएमा संरक्षण गर्न सकिने तर्क समाजसेवी पालिखेको छ । महानगरबाट नक्सा पास गर्दा नै पुराना घर संरक्षणको मादण्ड राख्नुपर्ने उनले बताए । तत्कालिन समयमा पोखराको केन्द्र भनेको नालामुख, गणेशटोल, रामकृष्णटोल, भैरवटोल नै हो । त्यो बेलाको सबै विषयवस्तुको छलफलको केन्द्र नालामुख र गणेशटोल हो । नेपालको आर्थिक विकासको भौतिक पाटोलाई केलाउदा आर्थिक समृद्धि प्राप्त गर्ने नेपालको लागि प्राथमिक क्षेत्र भनेको पर्यटन नै रहेको बताउ“छन् अर्थविद गेहेन्द्रश्वर कोइराला । उनका अनुसार नेपाल र विश्वको सन्दर्भमा पर्यटकीय केन्द्र रुपमा हेर्ने हो भने नालामुख, गणेशटोल, रामकृष्णटोल, भैरवटोल क्षेत्र नै हो । ‘यसको ऐतिहासिक महत्व छ’ उनले भने, ‘यसलाई बुझ्न जरुरी छ । यसबारे थाहा नभएका कोही छैनन् तर, चासो नभएको मात्र हो । संसारमा कुनै पनि देशमा जहा“ संस्कृतिको संरक्षण हुन्छ, त्यहा“ पर्यटकीय विकास भएको पाइएको छ ।’ उनले भौतिक संरचना निर्माण गर्न सकिए पनि इतिहास निर्माण गर्न नसकिने बताए ।
पर्यटकीय विकासको लागि वास्तुकलाको संरक्षण आवश्यक रहेको उनको तर्क छ । विगतमा संरक्षणको प्रयास भए पनि सफल हुन नसकेको बताउदै उनले पोखरा पनि कंक्रिटको जंगलमार परिणत भएको बताए । ‘अझै पनि ध्यान दिने र व्यवस्थीत रुपमा संरक्षण गर्न सकेमा केही मात्रामा भए पनि जोगिने थिए’ उनले थपे, ‘हामीले हाम्रै कुरालाई विकास गर्ने हो । हाम्रो पुर्खाहरुले जुन वास्तुकलाको विकास गरे त्यसमा कमि रहेका कुरालाई हटाउ“दै सोहि शैलीमा आधुनिकतालाई ढाल्नुपर्ने आवश्यकता छ । तर हामी त्यता तिर जान सकेनौं । अहिले भएका संरचना भत्काएर पश्चिमाले बनाएका संरचना प्रति आकर्षित हुन थाल्यौं ।’ ऐतिहासिक तत्वहरुलाई संरक्षण गर्ने विषय पर्यटन विकासको महत्वपूर्ण पाटो रहेको उनको भनाई छ । उनले भइरहेका घर बचाउनतर्फ आवाज उठाइरहेको बताए । ‘घरका मालिक भने बचाउन तयार छैनन्’ उनले भने, ‘संरक्षणको लागि पनि खर्च चाहिन्छ । आर्थिक रुपमा कमजोर छ कसरी बचाउने ?’ त्यो क्षेत्रका मानिसलाई आयआर्जन गर्ने प्रयाप्त आधारको व्यवस्थापन गर्न सके मात्र पुराना घरको संरक्षण गर्न सकिने उनले बताए । उनकाअनुसार पुरानो घरहरुबाटै गुजारा गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता छ । तीन तहका सरकारको समन्वयमा समुदायले नै संरक्षण गर्नुपर्ने उनले बताए ।

अहिले भएका घरहरु सबै मासिएर जाने सम्भावना अधिक छ । रामकृष्णटोल, भैरवटोलमा भएका घरहरु कलात्मक घरहरु हुन् । पोखरामा इटाको प्रयोग गरि काष्ठकलासहितको घर बनाउने युुगको थालनी रामकृष्ण टोल र गणेशटोलबाट भएको हो । काष्ठकला अन्तर्गत तीनवटा खा“बा भएको एकै ठाउ“मा हुने झ्यालहरुको निर्माण भएका घरहरु पनि तिनै घरहरु हुन् । पोखरामा स्थापत्य कला अथवा वास्तुुकलाको उदाहरणका रुपमा प्रस्तुुत गर्न सकिने घरहरु भैरवटोल, रामकृष्णटोल, गणेश टोलमा छन् । पोखरा असाध्यै धेरै पानी पर्ने ठाउ“ भएका कारण दुइपाते छानो भएका घरहरु पोखराको पकृतिस“ग तादम्य मिल्ने घरहरु हुन् । त्यही प्रकारले दुुइपाते घरहरु बने । अत्याधिक वर्षात हु“दा पनि घरलाई क्षति नपुगोस्, सहज ढंगले पानीको निकास होस् भन्दै प्रकृतिस“ग तादम्य मिलाउन चेष्टा गरिएको बताउ“छन् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ । ‘अहिले हामी आधुनिकतामा गयौ’ उनले भने, ‘कंकट इस्टक्चरका ढलान घरहरु बनाइरहेका छौं । हामीले अहिले बनाइरहेका कंकट इस्टक्चरका घरहरु पोखराको प्रकृतिस“ग सुहाउ“दो छ वा छैन कसैको चिन्ता चासो छैन ।’ भक्तपुर र काठमाडौ शैलीस“गै यही क्षेत्रका घुमाउने घरको संरक्षण गर्न नसक्दा नया“ पुस्तालाई पनि कलावास्तुबारे जानकारी नहुने उनको तर्क छ । आधुनिक सुविधास“गै परमपरागत शैलीका घर निर्माण गर्नुपर्ने उनी बताउ“छन् । ‘अहिले व्यक्तिलाई सुविधा चाहिएको छ’ उनले भने, ‘महानगरले पुराना घरको संरक्षण गर भन्ने र संरक्षणको लागि आर्थिक सहयोग गर्नुपर्छ । रामकृष्ण टोलबाट विन्ध्याबासिनीसम्म सम्पदा क्षेत्र घोषण हुनुपर्छ ।’ पुरातात्विक महत्वका भवन जोगाउन महानगर नै अग्रसर हुनुपर्ने उनको भनाई छ । ‘यसो भएमा नया“ पुस्तामा पनि हस्तान्तरण हुने थियो’ उनले भने, ‘अहिले अहिले अधिकांश झण्डै ८० देखि ९० प्रतिशत घरहरुमा पानीको चुहावट हुने समस्या छ । सिमेन्टको आयु ५० वर्षको हो । ५० वर्ष आयु भएका घरहरु भन्दा त ढुङ्गामाटोकै घरहरु मजबुत छन् । हामीले सिल्याप ढलान भएका घरहरु बनाएका छौं, पानी त्यहा“ जम्मा भएको छ । शोभाका दृष्टिकोणले १० को दशक अथवा २० को दशकको फोटो हेर्ने हो भने आजको पोखरा बजार भन्दा हिजोको पोखरा बजार सुन्दर देखिन्छ ।’
त्यतिबेलाका घरहरु आफ्नोपनका थिए । उनका अनुसार संसारमा जहा“ पनि पुराना शहरहरुलाई जोगाइन्छ । जोगाएका ठाउ“हरुमा घर निर्माण भएको साल पनि लेखिएको हुन्छ । त्यसको पुरातात्विक महत्व र वास्तुकलाको मौलिक विशेषताका कारणले पर्यटकलाई आकर्षित बनाइरहेको उदाहरण धेरै छन् । ‘अमेरिका, बम्बईमा देखिने घर पोखरामा हेर्न किन आउनुपर्यो ?’ उनले प्रश्न गरे, ‘पोखरालाई पकृतिले छुट्टै बनाएको छ भने छुट्टै ढंगको संरचनाको आवश्यकता छ ।’ पुरानो घरहरुलाई संरक्षण गर्दै नया“ घरहरुमा पुरानो शैलीको काष्ठकलालाई प्रयोग गरिनुपर्ने उनी बताउ“छन् । उनले पोखराको जमिन कमजोर छ भनिरहदा कति कहा“ कति कमजोर छ, कति तला थेग्न सक्छ भनेर माटो परीक्षण पनि आवश्यकता रहेको उनले बताए । पोखराको मौलिकतामाथि नै धक्का पुगेको महशुस उनलाई छ ।
पोखरा महानगर–४ का शंकर बास्तोलाले पुरातात्विक संरचना जोगाउन पोखरा महानगर, प्रदेश र संघ सरकार कसैले पनि वास्ता नगरेको बताए । पोखराको पुरानो बजारलाई संरक्षण गर्ने हेतुुले स्थानीय प्रविण पालिखेको संयोजकत्वमा ९ सदस्य समिति बनाएर वडा कार्यालयले कति घर कस्ता छन र कति क्षेत्रफलमा बनेका छन् भन्ने प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन वडाले महानगर, प्रदेश र संघलाई बुझाएर पोखराको अस्तित्व जोगाउन पहल गरे पनि सम्बोधन नभएको वडाध्यक्ष बास्तोलाले बताए । १७७० मा बनेका पुराना घरसमेत अहिले पनि देख्न सकिने उनले बताए । उनकानुसार वडा नम्बर ४ र २ मा गरि ४० भन्दा बढी घर छन् । महानगरले स्थानीयले अवरोध गयो भन्दै तर्किने गरेको उनले बताए । ‘सिंहदरबारको अधिकार वडावडामा भनिन्छ तर, यर्थाथमा त्यसो छैन’ उनले भने । नयाँ पुस्तालाई पोखराको बजार चिनाउन भए पनि पुराना घरको संरक्षण गर्नुपर्ने उनी बताउँछन् । सिमित बजेट विनियोजनले यस क्षेत्रको संरक्षण गर्न नसकिने बताउदै उनले महानगरको आठौ नगरसभाले पुराना घरको नक्सा पासमा छुट दिएको बताए । ‘वर्षेनी नीति तथा कार्यक्रममा समेटिन्छ, बजेट विनियोजन पनि हुन्छ । तर, जति हुन्छ त्यो प्रयाप्त छैन’ उनले भने । वडा र स्थानीय स्तरबाट दवाव दिने काम भइरहेको उनले बताएका छन् ।