संसद अधिवेशन आह्रवान गरिने

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभाकाे अधिवेशन आह्रवान गरिने भएकाे छ । वैशाख २४ गते संसद अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय आज बसेकाे मन्त्रिपरिषद्काे वैठकले गरेकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहालकाे अध्यक्षतामा बसेकाे वैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेकाे छ ।

यस्तै, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने र कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय भएकाे छ । यसैगरी वैठकले विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *