ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी ५ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय जिजु महतो रहेका छन् । घाइतेहरुको उपचार भइरहेको छ भने अन्य श्रमिकको उद्दार कार्यक्रम भइरहेको छ । यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अक्सिजन प्लान्ट विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
Post Views: 25