‘सञ्चार क्षेत्रको समस्या सम्बोधन हुन्छ’

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रोशनबहादुर गाहा थापाले सञ्चार क्षेत्रमा भएका समस्या सम्बोधन हुने बताएका छन् । आज भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संचार माध्यम र संचारकर्मीसँग सहकार्य र समन्वय गरेर मात्र अघि बढ्ने बताएका थिए ।
उनले आफु मिडियामैत्री रहेको बताउदै मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने बताए । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौं, उनले भने, ‘मन्त्रालयको सचिव, सम्बन्धित विषयका कर्मचारीहरुसँग आवश्यक छलफल गरेर यहाँहरुको समस्या सम्बोधन गर्ने कुरामा म सकरात्मक छु । त्यसैले यहाँहरुको राय अनुसार नै अघि बढ्नेछु ।’
मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिएपनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने सुनाए । यसैगरि उनले भर्खरै मात्र मन्त्रालय सम्हालेको बताउदै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको बताए । ‘दुइवटा मन्त्रालय समायोजन भएको छ । र कर्मचारीको व्यवस्थापन पनि भइरहेको छ । त्यसैले केही दिनमै यी कामहरु सकिन्छ । त्यसपछि नीतिगत रुपमा कामहरु अगाडी बढ्नेछ’ मन्त्री थापाले भने ।
उनले फरक प्रसंगमा बोल्दै मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्नेसमेत बताए । आगामी दिनमा पत्रकारसँग समन्वय र सहकार्य गर्दै सकरात्मक काममा अघि बढ्ने धारणा राखेका थिए । सो अन्तरक्रिया कार्यक्रममा मन्त्रालयले हालसम्म गरेका गतिविधिको फेयरिस्तसमेत सार्वजनिक गरेको थियो । मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले मन्त्रालयबाट भए गरेका कामबारे बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *